काठमाडौं । धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक १४ अङ्कले बढेर २,५९०.२९ विन्दुमा पुगेको छ। आज ८४ लाख ७३ हजार १६ कित्ता सेयर रु ४ अर्ब १७ करोडभन्दा बढी मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
१३ उपसमूहमध्ये ११ उपसमूहमा वृद्धि हुँदा एक उपसमूह घटेको र एक स्थिर रहेको छ। आज १९५ कम्पनीको सेयर मूल्य बढेको, ६० कम्पनीको घटेको तथा १९ कम्पनीको मूल्य स्थिर रहेको छ। एनएमबी डिबेञ्चर, नारायणी विकास बैंक र थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाउँदा उपकार लघुवित्त, एनआइविएल स्टेबल फन्ड र एनआइसी एसिया सेलेक्ट फन्डका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरे।