बुटवलमा नक्कली नोटसहित ६ पक्राउ


काठमाडौं  । बुटवलको नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले एक हजार दरका ६२२ थान (६ लाख २२ हजार रुपैयाँ बराबर) नक्कली नेपाली नोट, फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, लेमिनेसन मेसिन, केमिकल, विशेष कागज, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल बरामद गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ परेकामाथि मुद्रासम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ।

२०८३ असार ३१, बुधबार १९:५६ प्रकाशित
ट्रेन्डिङ समाचार