जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गर्दै ७०.८८ प्रतिशत फैसला दर हासिल गरेको जनाएको छ। अदालतले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार कुल ६ हजार ५२६ मुद्दामध्ये ४ हजार ६१९ मुद्दाको फैसला गरिएको छ भने १ हजार ८९७ मुद्दा बाँकी छन्।
अदालतले ४ हजार ५५६ मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएकोमा ४ हजार ६१९ मुद्दा टुंग्याउँदै १०१.६० प्रतिशत लक्ष्य प्रगति हासिल गरेको कामु मुख्य न्यायाधीश टेकनारायण कुवरले जानकारी दिए। उनका अनुसार १८ महिनाभन्दा बढी पुराना सबै मुद्दा शून्यमा झारिएको छ। अदालतले प्रविधिमैत्री सेवा, बारसँगको समन्वय तथा प्रभावकारी कार्ययोजनाका कारण मुद्दा फर्छ्योटमा उल्लेखनीय सुधार भएको जनाएको छ।