सरकारद्वारा राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत(पूर्णपाठ)
काठमाडौं । सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ। नीतिअनुसार सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ, स्पोन्सर सामग्री तथा एआईमार्फत बनाइने विज्ञापनलाई नियमनको दायरामा ल्याइनेछ।
नीतिले भ्रामक तथा जनस्वास्थ्यमा असर गर्ने विज्ञापन नियन्त्रण गर्ने, स्वदेशी उत्पादनको विज्ञापनलाई प्रोत्साहन गर्ने र सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउन एकीकृत सूचना प्रणाली विकास गर्ने व्यवस्था गरेको छ। साथै विज्ञापन व्यवसायको क्षमता विकास, विज्ञापन कोष स्थापना तथा बाह्य विज्ञापनका लागि एकीकृत मापदण्ड लागू गर्ने उल्लेख गरिएको छ। संघ, प्रदेश र स्थानीय तहको समन्वयमा नीति कार्यान्वयन गरिनेछ।
‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरी सार्वजनिक