धोबीघाटमा ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गयो


काठमाडौँ  । ललितपुरको धोबीघाटमा सडक छेउमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा धादिङ धुनिबेसीका २० वर्षीय रितेश श्रेष्ठको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार २० वर्षीय समिर भुजेल घाइते भएका छन् र उनको उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

२०८३ असार ३१, बुधबार १०:०७ प्रकाशित
ट्रेन्डिङ समाचार