राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार प्रमाणीकरण गरिएको हो।

२०८३ असार ३०, मंगलवार १९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार