पहिरोले गण्डकीका ४ सडक प्रभावित, ३ पूर्ण रूपमा बन्द


काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोका कारण गण्डकी प्रदेशका चार सडक प्रभावित भएका छन्।

नवलपुरको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–दरबाङ र बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स्याङ्जाको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

प्रहरीले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

२०८३ असार ३०, मंगलवार ०८:४६ प्रकाशित
ट्रेन्डिङ समाचार