काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज अर्को सूचना नभएसम्म बन्द गर्ने घोषणा गरेको छ। व्यापारिक जहाजमाथिको आक्रमणलाई लिएर अमेरिकाले इरानमाथि नयाँ हवाई कारबाही गरेको जनाएको छ भने इरानले कुनै पनि सैन्य हस्तक्षेपको कडा जवाफ दिने चेतावनी दिएको छ।
तनावका बीच दुवै देशले एकअर्कामाथि आरोप–प्रत्यारोप गरिरहेका छन्। अमेरिकी पक्षले समुद्री मार्ग खुला राख्न आग्रह गरेको छ भने इरानले आफ्नो सुरक्षा र सार्वभौमिकताको रक्षा गर्ने अडान दोहोर्याएको छ। यस घटनाले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा आपूर्तिमा थप चिन्ता बढाएको छ।
सम्बन्धित खबर


