काठमाडौँ । विराटनगरमा जेनजी अभियन्ता माजिद अन्सारीको पक्राउको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्ना दिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शनिबार राति कार्यालयको मुख्य गेट अवरुद्ध हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
अन्सारीलाई यसअघि काठमाडौंको सुन्दरीघाट होल्डिङ सेन्टरमा सुकुमवासीहरूको अवस्था बुझ्न गएका बेला पक्राउ गरिएको थियो। उनी हाल उपचाररत रहेका छन् भने जेनजी अभियन्ताहरूले उनको विनासर्त रिहाइको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।

२०८३ असार २८, आईतवार ०९:३३ प्रकाशित



