धनुषामा एम्बुलेन्स र उपमेयरको गाडी दुर्घटना, ८ जना घाइते


काठमाडौं । । धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा एम्बुलेन्स र उपमेयर सवार गाडी ठोक्किँदा ८ जना घाइते भएका छन्।

शनिबार बिहान पूर्व–पश्चिम लोकमार्गमा भएको दुर्घटनामा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार गाडी र बिरामी बोकेर विराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्स एकआपसमा ठोक्किएका हुन्।

प्रहरीका अनुसार दुर्घटनामा एम्बुलेन्स चालकसहित ५ जना र उपमेयर सवार गाडीमा रहेका ३ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यी हुन घाइतेहरू–

१. जिल्ला धनुषा, मिथिला नगरपालिका–१ बस्ने अन्दाजी ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक) (सामान्य)

२. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीय बसन्त कुमार सिंह (सामान्य)

३. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो (मध्यम)

४. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६० वर्षीया राजु देवी (पहिलेदेखि पक्षघात/प्यारालाइसिसकी बिरामी)(सामान्य)

५. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मी महतो (सामान्य)

सरकारी गाडीमा सवार घाइतेहरूको विवरण:

१. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय बद्री भुजेल (सरकारी गाडी चालक) (सामान्य)

२. अन्दाजी ६५ वर्षीया विद्दा भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर (सामान्य)

३. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ७० वर्षीय भीमराज भुजेल (सामान्य)

२०८३ असार २७, शनिबार १५:५९ प्रकाशित
ट्रेन्डिङ समाचार