समयमै नवीकरण नगर्दा ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज


काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज गरेको छ ।

निर्माण व्यवसाय ऐन, २०५५ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको समयभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि ४४ व्यवसायीले नवीकरण नगरेपछि उनीहरूको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले ऐनको दफा ७(३) बमोजिम खारेजी गरिएको र सचिवस्तरीय निर्णयअनुसार सूचना जारी गरी जानकारी गराएको जनाएको छ ।

२०८३ असार २७, शनिबार १४:४७ प्रकाशित
ट्रेन्डिङ समाचार