विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री शाहको आग्रह


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनमा सबै निकायलाई सक्रिय र तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विपद्को समयमा प्रभावकारी उद्धार, राहत र समन्वयका लागि सम्बन्धित निकायले उच्च सतर्कता अपनाउनुपर्ने बताए ।

उनले जोखिमयुक्त क्षेत्रको पहिचान गरी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा आवश्यक उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिए ।

विपद् व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, साझेदार संस्था तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले आपतकालीन अवस्थामा कमाण्ड पोस्टमार्फत प्रभावकारी परिचालन गर्न आग्रह गरे ।

२०८३ असार २७, शनिबार १४:४२ प्रकाशित
ट्रेन्डिङ समाचार