काठमाडौँ । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउने कार्य तीव्र रूपमा भइरहेको जनाएको छ। कार्यालयले वर्षायाममा यात्रा गर्दा सतर्कता अपनाउन र रातिको यात्रा सकेसम्म नगर्न यात्रुलाई अनुरोध गरेको छ।