विद्यालय व्यवस्थापन समिति विवादमा शिक्षा अधिकृतमाथि दुर्व्यवहार


काठमाडौँ।  दाङको घोराहीमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन विवादका क्रममा शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ।

घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) ले निर्वाचन सार्न दबाब अस्वीकार गरेपछि बोहोरामाथि उक्त व्यवहार गरेका हुन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ भने प्रहरीले आरोपितको खोजी गरिरहेको जनाएको छ।

२०८३ असार २७, शनिबार १३:०४ प्रकाशित
ट्रेन्डिङ समाचार