काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाह प्रयास गरेपछि उनको अवस्था गम्भीर बनेको छ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग गहिरो रूपमा जलेको छ र अवस्था चिन्ताजनक छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
२०८३ असार २७, शनिबार ०९:०४ प्रकाशित



