बुटवल। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ। ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
मन्त्रालयगत खर्चतर्फ स्वास्थ्य मन्त्रालय ७९.३८ प्रतिशत खर्चसहित पहिलो स्थानमा रहेको छ। त्यसपछि वन तथा वातावरण मन्त्रालय (७१.३२ प्रतिशत), भौतिक पूर्वाधार विकास मन्त्रालय (७०.८८ प्रतिशत) र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय (७०.७२ प्रतिशत) रहेका छन्। स्थानीय तहमा बजेट हस्तान्तरणको अवस्था भने उत्साहजनक देखिएको छ। विनियोजित बजेटमध्ये ८४.८७ प्रतिशत रकम खर्च भइसकेको छ।
२०८३ असार २६, शुक्रबार १५:२९ प्रकाशित



