काठमाडौं । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत अर्थात् २६ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ। कुल ४६ अर्ब ९८ करोड रुपैयाँ बजेटमध्ये चालुतर्फ ६०.६९ प्रतिशत र पूँजीगततर्फ ५४.१२ प्रतिशत खर्च भएको प्रदेश सरकारको तथ्यांकले देखाएको छ।
जेठ १३ गतेसम्म १८.६४ प्रतिशत मात्र रहेको खर्च असार अन्त्यतिर तीव्र रूपमा बढेको भए पनि अझै ४३.६९ प्रतिशत बजेट खर्च हुन बाँकी रहेको छ।

२०८३ असार २६, शुक्रबार १५:२५ प्रकाशित



