यात्रु दुर्व्यवहार गर्ने ३२ बिचौलिया पक्राउ


काठमाडौँ  ।   काठमाडौँको जडीबुटी क्षेत्रमा यात्रुलाई सिट मिलाइदिने बहानामा दुःख दिने तथा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३२ जना बिचौलियालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि आपराधिक अभिलेख जाँच गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

२०८३ असार २५, बिहीबार १२:४३ प्रकाशित
ट्रेन्डिङ समाचार