काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारम्बार बत्ती जाने समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणमा तत्काल सक्षम र अधिकारसम्पन्न नेतृत्व नियुक्त गर्न सरकारसँग माग गरेका छन्।
उनले वर्षायाममा प्राविधिक कारणले विद्युत् अवरुद्ध हुन सक्ने भए पनि निर्णयक्षम नेतृत्वको अभावले समस्या जटिल बनेको बताएका छन्। साथै, प्रसारण तथा वितरण प्रणालीको आधुनिकीकरण, नियमित मर्मत–सम्भार र ऊर्जा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा उनले जोड दिएका छन्।

२०८३ असार २५, बिहीबार ०९:११ प्रकाशित



