आज देशभर वर्षा, केही ठाउँमा भारी वर्षाको चेतावनी


काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा बदलीसँगै चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्छ भने कोशी र गण्डकीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

तराईका केही क्षेत्रमा हावाहुरीसमेत चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

२०८३ असार २५, बिहीबार ०७:४५ प्रकाशित
ट्रेन्डिङ समाचार