मानव अधिकार आयोगका ५२% सिफारिस कार्यान्वयन भएनन्


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफूले गरेका अधिकांश सिफारिस कार्यान्वयन हुन नसकेको जनाएको छ ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले कुल सिफारिसमध्ये १३ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको जानकारी दिए ।

उनका अनुसार ५२ प्रतिशत सिफारिस अझै कार्यान्वयन नभएको र बाँकी सिफारिस आंशिक रूपमा मात्रै कार्यान्वयन भएका छन् ।

समितिले ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’ विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेको थियो । सोही क्रममा अध्यक्ष मगरले आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका हुन् ।

२०८३ असार २४, बुधबार ११:५० प्रकाशित
ट्रेन्डिङ समाचार