विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं  । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। बैठक सुरु भएलगत्तै सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

सांसदहरूको विरोधका कारण नियमित कार्यसूची अघि बढ्न नसकेपछि सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका थिए।

२०८३ असार २४, बुधबार ११:३८ प्रकाशित
ट्रेन्डिङ समाचार