सन् २०२९ सम्म नेपाललाई एडिबीको २.४ अर्ब डलर सहयोग


काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका लागि सन् २०२५–२०२९ को देशीय साझेदारी रणनीतिअन्तर्गत सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने जनाएको छ। एडिबीका अध्यक्ष मासातो कान्डाले उक्त सहयोग रोजगारी सिर्जना, निजी क्षेत्र विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा सुधार, डिजिटल रूपान्तरण तथा महिला र पछाडि पारिएका समुदायको सशक्तीकरणमा केन्द्रित हुने बताउनुभयो।

नेपाल भ्रमणका क्रममा एडिबीले १६५ मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यसमध्ये ११५ मिलियन डलर खानेपानी तथा सरसफाइ परियोजनाका लागि र ५० मिलियन डलर सीमा नाका तथा व्यापार प्रणाली आधुनिकीकरणका लागि प्रदान गरिनेछ। साथै, चालु वर्ष एडिबीको नेपालका लागि वार्षिक ऋण सहयोग ६६० मिलियन अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरिएको छ।

२०८३ असार २४, बुधबार ०८:२९ प्रकाशित
ट्रेन्डिङ समाचार