देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना


काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा बदली रही चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, गण्डकी, बागमती र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मधेस र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

२०८३ असार २३, मंगलवार ०७:०८ प्रकाशित
ट्रेन्डिङ समाचार