काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सरकार गठनको १०० दिन पूरा हुने अवसरमा शनिबार सय दिने उपलब्धि सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्ति खारेज, सेवाप्रवाह सुधार, कानुन संशोधनको तयारी तथा प्रशासनिक सुधारलगायतका कामहरू उपलब्धिका रूपमा प्रस्तुत गरिनेछ।
यद्यपि सरकारको सुकुम्बासी व्यवस्थापन, महँगी नियन्त्रण, कर वृद्धि तथा विपक्षीमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोपलगायत विषयमा आलोचना पनि हुँदै आएको छ।