२४ घण्टामा २,०४२ सवारीचालक कारबाहीमा, रु १३.३३ लाख राजस्व संकलन


काठमाडौँ  । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार ४२ सवारीचालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ५६, नियमविपरीत राइड सेयरिङ गर्ने १२१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ८७, तीव्र गतिमा सवारी चलाउने १७३, लेन अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा पार्किङ गर्ने ८५, एकतर्फी सडकमा सवारी चलाउने ५६ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार २४९ जना रहेका छन्।

२०८३ असार १९, शुक्रबार ०८:३१ प्रकाशित
ट्रेन्डिङ समाचार