पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई विशेष अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि पहिलो चरणमा सात दिनको म्याद थप गरेको हो।

म्याद थपसम्बन्धी बहसका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडालले पौडेलविरुद्ध कुनै ठोस प्रमाण नरहेको दाबी गर्दै उनलाई राजनीतिक कारणले पक्राउ गरिएको आरोप लगाए। उनले श्रीराम टोभाको शेयर खरिद प्रकरणमा पौडेल, उनका परिवार वा नातेदारको कुनै संलग्नता नदेखिएको जिकिर गरे।

यद्यपि अदालतले अनुसन्धान विभागको मागअनुसार सात दिनको म्याद थप स्वीकृत गर्दै पौडेललाई न्यायिक हिरासतमा पठाएको छ।

२०८३ असार ९, मंगलवार २०:५६ प्रकाशित
ट्रेन्डिङ समाचार