(एमाले) का उपाध्यक्ष पौडेल ललितपुर ल्याइए, आज अदालतमा पेस गरिने


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याई ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लगिएको छ। उनलाई सोमबार सुर्खेतमा पार्टी कार्यक्रमस्थलबाट पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार पौडेललाई सुर्खेतबाट कोहलपुर हुँदै रातारात काठमाडौं ल्याइएको हो। विभागको पत्राचारपछि नियन्त्रणमा लिइएका उनलाई थप अनुसन्धानका लागि आज अदालतमा पेस गर्ने तयारी गरिएको छ। प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी गरेको जनाएको छ।

२०८३ असार ९, मंगलवार १५:२३ प्रकाशित
ट्रेन्डिङ समाचार