मेस्सीको विश्वकपमा नयाँ इतिहास, सर्वाधिक गोलकर्ताको कीर्तिमान
काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका स्टार लियोनल मेस्सीले फिफा विश्वकपमा नयाँ इतिहास रचेका छन् । मेस्सी विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।
अमेरिकाको डालास स्टेडियममा जारी अष्ट्रियाविरुद्धको खेलमा गोल गर्दै मेस्सीले विश्वकपमा आफ्नो गोल संख्या १७ पुर्याएका छन् । यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान तोडेका हुन् ।
यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेस्सीले क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए । तर अष्ट्रियाविरुद्ध थप एक गोल गरेपछि उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भए ।
मेस्सीले विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आफ्नो असाधारण खेल कौशल, गोल क्षमता र नेतृत्वका कारण उनले विश्व फुटबलमा थप एउटा ऐतिहासिक उपलब्धि थपेका छन् ।