एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेत बाट पक्राउ


सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सुर्खेतबाट पक्राउ गरिएको  छ ।

पौडेल पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव संकलनका क्रममा आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए ।

कार्यक्रमकै क्रममा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको भन्दै विभिन्न विवरण सार्वजनिक भएका छन् । यद्यपि, सम्बन्धित निकाय वा एमाले नेतृत्वबाट यसबारे औपचारिक धारणा सार्वजनिक भएको छैन ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थामाथि अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेको छ । तर पौडेलमाथि कुनै अनुसन्धान वा पक्राउसम्बन्धी विषयमा आधिकारिक जानकारी आउन बाँकी छ

२०८३ असार ८, सोमबार १८:१७ प्रकाशित
ट्रेन्डिङ समाचार