ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, २४ घाइते


काठमाडौं ।  बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी नवराज कार्कीका अनुसार बसमा ३५ जना सवार थिए। घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि बयलपाटा अस्पताल अछाम पठाइएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ असार ७, आईतवार ०९:२७ प्रकाशित
ट्रेन्डिङ समाचार