काठमाडौं,लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी आजदेखि अवकाशमा गई पदमुक्त हुनुहुनेभएको छ ।
अध्यक्ष रेग्मीको आज नै विदाई हुने छ । अध्यक्ष रेग्मी ६५ वर्ष पुगेर सेवानिवृत्त हुन लाग्नुभएको हो । संवैधानिक पदाधिकारीहरु ६५ वर्ष पुगेपछि अवकाश हुने कानुनी प्रावधान छ । सोही कानुनी प्रावधान अनुसार रेग्मी आयोगको अध्यक्षबाट अवकाश हुनुभएको हो । लोकसेवा आयोगको केन्द्रिय कार्यालय कलमपोखरीले आज दिउँसो उहाँको विदाई कार्यक्रम आयोजना गरेको बताइएको छ ।रेग्मीको अवकाश पश्चात् दोस्रो नम्बरमा रहनुभएका आयोगका सदस्य माधव बेलवासे निमित्त अध्यक्षको रुपमा रहनुहुने आयोग स्रोतले जनाएको छ ।
२०८३ असार ३, बुधबार ११:५३ प्रकाशित

