काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित एक घरमा प्रहरीले जुवाखालमा छापा मारेर ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा मंगलबार छापा मार्दा ४३ वर्षीय कृष्णप्रसाद चौधरीसहित ११ जना जुवातास खेलिरहेको अवस्थामा फेला परेका थिए।
घटनास्थलबाट ३३ हजार ८० रुपैयाँ नगद र एक गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२०८३ असार ३, बुधबार ०८:१७ प्रकाशित

