ADVERTISEMENT

युक्रेनी ड्रोन आक्रमणबाट मस्कोको तेल प्रशोधन केन्द्रमा आगलागी


काठमाडौं ।  युक्रेनी ड्रोनले मङ्गलबार मस्कोस्थित एक महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा आगलागी हुनुका साथै भौतिक क्षति पुगेको रूसी अधिकारीहरूले बताएका छन्।

मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार राजधानीतर्फ प्रक्षेपण गरिएका ६० वटा ड्रोनलाई निष्क्रिय पारिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई रूसको निरन्तर आक्रमणविरुद्धको आत्मरक्षात्मक प्रतिक्रिया भएको बताएका छन्।

युक्रेनले पछिल्लो समय रूसको युद्ध प्रयासलाई आर्थिक रूपमा कमजोर पार्न तेल प्रशोधन तथा निर्यात केन्द्रहरूलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार