काठमाडौं । फिफा विश्वकप–२०२६ को पहिलो खेलमा न्युजिल्यान्डले दुईपटकको अग्रता कायम राख्न नसक्दा इरानसँग २–२ को बराबरी खेलेको छ।
अमेरिकाको लस एन्जलस रंगशाला मा सम्पन्न खेलमा न्युजिल्यान्डले उत्कृष्ट सुरुआत गरे पनि इरानले दुवैपटक बराबरी गोल फर्काउँदै अंक बाँड्न सफल भयो।
बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अंक जोडेका छन्।