काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा खराब कर्जा, कर्जा एभरग्रिनिङ, कमजोर अनुगमन र संस्थागत सुशासनको अभावलगायत ९ प्रमुख समस्या रहेको औंल्याएको छ।
बैंक सुपरिवेक्षण विभागको वार्षिक प्रतिवेदनअनुसार निष्क्रिय कर्जामा वृद्धि हुँदा बैंकहरूको नाफा र पुँजीकोषमा दबाब परेको छ। कर्जाको वास्तविक अवस्था लुकाउन नयाँ ऋण दिएर पुरानो ऋण तिर्ने ‘एभरग्रिनिङ’ अभ्यास पनि देखिएको छ।
प्रतिवेदनले कर्जा प्रवाहपछिको कमजोर अनुगमन, संस्थागत सुशासनमा कमजोरी, आन्तरिक लेखापरीक्षण र जनशक्ति अभाव, तरलता व्यवस्थापनमा कमजोरी तथा सञ्चालन र प्रविधि जोखिमलाई पनि प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।
यस्तै, नियामकीय तथ्यांकमा त्रुटि र कर्मचारी व्यवस्थापनमा नीतिगत उल्लंघनले बैंकिङ क्षेत्रको जोखिम अझ बढाएको राष्ट्र बैंकले जनाएको छ।
२०८३ असार १, सोमबार १५:१२ प्रकाशित

