काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको प्रभाव कायम रहँदा आज विभिन्न क्षेत्रमा बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा हिमाली–पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा पनि कोशी प्रदेशका केही स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।