एनक्याप परियोजनाबाट वायु प्रदूषण घटाउने सरकारको योजना


काठमाडौं । सरकारले देशमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (एनक्याप)’ सञ्चालन गर्ने तयारी गरेको छ। विश्व बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा आगामी आर्थिक वर्ष २०८३/८४ देखि सुरु हुने यो परियोजनाले उद्योगहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने र प्रदूषण मापन प्रणाली सुदृढ बनाउने लक्ष्य राखेको छ।

परियोजनाअन्तर्गत औद्योगिक फर्नेस र ब्वायलरलाई विद्युत् तथा बायोमासमा रूपान्तरण गरिनेछ भने वायु गुणस्तर मापन केन्द्रहरूको विस्तार गरिनेछ। यसबाट प्रदूषण घट्ने, हरित अर्थतन्त्र प्रवर्द्धन हुने र जनस्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ।

२०८३ जेष्ठ ३०, शनिबार ११:१७ प्रकाशित
ट्रेन्डिङ समाचार