काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत पाराग्वेविरुद्धको खेलमा अमेरिकाले पहिलो हाफमै ३–० को प्रभावशाली अग्रता बनाएको छ।
खेलको सुरुमै प्राप्त आत्मघाती गोलपछि अमेरिकाले दबाब कायम राख्यो। फोलारिन बालोगुनले ३१औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। पहिलो हाफभर अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वेमाथि स्पष्ट दबाब बनाएको थियो।
२०८३ जेष्ठ ३०, शनिबार ०८:०६ प्रकाशित

