एशियाली खेलकूद छनोटमा मापदण्ड फेरिएपछि पौडी संघ विवादमा


काठमाडौं ।  एशियाली खेलकूदका लागि खेलाडी छनोटको मापदण्ड प्रतियोगिता सुरु भएपछि परिवर्तन गरिएको भन्दै नेपाल पौडी संघ विवादमा परेको छ। प्रारम्भिक रूपमा सार्वजनिक गरिएको छनोट प्रक्रिया विपरीत पहिलो दिनको खेल सकिएपछि नयाँ मापदण्ड जारी गरिएको आरोप खेलाडी र अभिभावकले लगाएका छन्।

संघले राष्ट्रिय खेलकूद परिषद्को पाँच दिनभित्र खेलाडीको नाम पठाउनुपर्ने निर्देशनका कारण निर्णय परिवर्तन गर्नुपरेको जनाएको छ। तर अभिभावक र सरोकारवालाले केही पदाधिकारीको स्वार्थका कारण नियम फेरिएको दाबी गरेका छन्।

घटनाप्रति खेलाडी र अभिभावक आक्रोशित बनेका छन् भने राष्ट्रिय खेलकूद परिषद्ले पनि विषयमा चासो देखाएको जनाएको छ। विवादका कारण छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आवश्यक परे कानुनी बाटो अपनाउने चेतावनी समेत अभिभावकहरूले दिएका छन्।

२०८३ जेष्ठ २८, बिहीबार १९:२० प्रकाशित
ट्रेन्डिङ समाचार