नियमावलीबाट पनि हटाइयो निजामती कर्मचारीको ट्रेड युनियन अधिकार


काठमाडौं । सरकारले निजामती कर्मचारीको ट्रेड युनियन अधिकारमाथि थप कठोर कदम चाल्दै निजामती सेवा नियमावलीबाट समेत त्यससम्बन्धी व्यवस्था पूर्ण रूपमा हटाएको छ । यसअघि निजामती सेवा ऐनमार्फत सीमित बनाइएको ट्रेड युनियन अधिकार अब नियमावली तहबाटै औपचारिक रूपमा खारेज गरिएको हो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले निजामती सेवा नियमावलीको १६औँ संशोधन स्वीकृत गर्दै ट्रेड युनियनसम्बन्धी सम्पूर्ण व्यवस्था हटाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित  पोखरेलले   बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

यसअघि निजामती कर्मचारीको ट्रेड युनियन अधिकार अध्यादेशमार्फत खारेज गर्ने सरकारी प्रयास सर्वोच्च अदालतको अन्तरिम आदेशबाट रोकिएको थियो । उक्त विषय अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेको छ । तर अन्तिम फैसला आउनुअघि नै सरकारले नियमावली संशोधनमार्फत ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाउने निर्णय गरेपछि कर्मचारी वृत्तमा नयाँ बहस सुरु भएको छ ।यसअघि केही नेपाल ऐन संशोधनमार्फत निजामती सेवा ऐनबाट ट्रेड युनियन अधिकार हटाइएको भए पनि नियमावलीमा भने त्यससम्बन्धी व्यवस्था बाँकी थियो ।

२०८३ जेष्ठ २६, मंगलवार १३:०९ प्रकाशित
ट्रेन्डिङ समाचार