काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण अवरुद्ध प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन चल्न नदिने अडान कायम राखेका छन्।
सोमवार पनि विपक्षी सांसदहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित गरिएको थियो। कांग्रेस सांसद सन्तोष सुब्बाले संसद् अवरोध अन्त्यका लागि भएको संवादबारे सदनलाई जानकारी गराउन माग गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने बताएका छन्। संसद् अवरुद्ध हुँदा बजेट, कृषि तथा अन्य महत्वपूर्ण राष्ट्रिय विषयमा छलफल हुन नसकेको भन्दै उनले सदनलाई निकास दिन सभामुखले प्रभावकारी पहल गर्नुपर्ने बताएका छन्।
२०८३ जेष्ठ २६, मंगलवार ०९:४७ प्रकाशित

