प्रधानमन्त्रीको अभिव्यक्तिले हलचल

फेसबुक स्टाटसपछि राजनीतिक तरंग


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार राति फेसबुकमा गरेको एक स्टाटस सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। ‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’ भन्ने स्टाटस पोस्ट गरेपछि यसको आशयलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको हो। प्रधानमन्त्रीले मजाकको संकेत प्रयोग गदै स्टाटसलाई धेरैले गम्भीर रूपमा लिएका छन्।

उक्त स्टाटस नेपाल सरकारका सचिव कृष्णहरि पुष्करप्रति गरिएको व्यंग्य भएको चर्चा भइरहेको छ। यसअघि प्रधानमन्त्री शाहले सचिव पुष्करले आफूलाई व्यक्तिगत सन्देश पठाएको विषयलाई लिएर प्रहरीमार्फत नियन्त्रणमा लिन लगाएको घटना सार्वजनिक भएको थियो।

प्रधानमन्त्रीको स्टाटसमा उनका निकट सहयोगी तथा केही सांसदहरूले रमाइला प्रतिक्रिया दिएका छन् भने कतिपयले प्रधानमन्त्री पदको गरिमा कायम राख्न सुझाव दिएका छन्। स्टाटस सार्वजनिक भएको लामो समय बितिसक्दा पनि हटाइएको छैन, जसले यसको चर्चा थप बढाएको छ।

२०८३ जेष्ठ २४, आईतवार १५:२१ प्रकाशित
ट्रेन्डिङ समाचार