पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा


काठमाडौँ ।पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावले आज देशका हिमाली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना छ।

मधेस, लुम्बिनी र सुदूरपश्चिमसहित विभिन्न तराई क्षेत्रमा भने तातो दिन रहने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशलगायत केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।

२०८३ जेष्ठ २४, आईतवार ०६:२८ प्रकाशित
ट्रेन्डिङ समाचार