“हिरासतमा आन्दोलनकारी जेनजीमाथि हकार–पकार”


काठमाडौं ।  लैनचौरस्थित भारतीय दूतावास अगाडि भएको प्रदर्शनका क्रममा पक्राउ परेका जेनजी अभियन्ताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङले प्रहरी हिरासत कक्षमै पुगेर धम्की दिएको गम्भीर आरोप लागेको छ।

‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का अनुसार लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको अभिन्न भूभाग भन्दै शान्तिपूर्ण प्रदर्शन गर्न खोजेका चार जना अभियन्ता अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त लैनचौर र सोह्रखुट्टेमा राखेको थियो।

अभियानको दाबीअनुसार हिरासतमा करिब एक घण्टापछि गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी सरकारविरुद्ध नबोल्न चेतावनी दिँदै मानसिक दबाब दिने र थर्काउने अभिव्यक्ति दिएका थिए। उनीहरूले यो व्यवहार लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

त्यसैगरी, २४ घण्टासम्म हिरासतमा राख्दा आधारभूत मानव अधिकारअनुसार खाना र पानी पर्याप्त नदिएको आरोप पनि अभियन्ताहरूले लगाएका छन्। अभियानले घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

उहाँले तपाईंहरू ‘कोबाट परिचालित हुनुहुन्छ’, ‘यो अन्तिम मौका हो, अब प्रहरी र सरकारले छोड्दैन’, ‘सरकारविरुद्ध बोल्न बन्द गर्नुस्’ जस्ता चेतावनीयुक्त अभिव्यक्ति दिँदै हामीमाथि मानसिक दबाब सृजना गर्ने र थर्काउने प्रयास गर्नुभयो’,

२०८३ जेष्ठ २१, बिहीबार २१:२९ प्रकाशित
ट्रेन्डिङ समाचार