काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ। रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
२०८३ जेष्ठ १९, मंगलवार ०७:१५ प्रकाशित



