देशका अधिकांश क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय रेखाको प्रभावका कारण सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।