सीमा विवादमा प्रधानमन्त्री शाहको नयाँ दाबी : ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ’


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद एकपक्षीय नभएको दाबी गर्दै नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको जानकारी आफूले पाएको बताएका छन्। उनले सीमा सम्बन्धी सबै विवाद कूटनीतिक संवाद र द्विपक्षीय छलफलमार्फत समाधान गरिने स्पष्ट पारे।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि सीमा सम्बन्धी विभिन्न तथ्यहरू अध्ययन गर्दा नेपालले  पनि भूमि अतिक्रमण गरेको अवस्था रहेको जानकारी पाएको बताए।

‘म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषय भावनात्मक नाराभन्दा पनि तथ्यका आधारमा दुई देश बसेर समाधान गर्नुपर्ने विषय हो।’

उनले सीमा विवादलाई थप जटिल बनाउनेभन्दा कूटनीतिक संवादमार्फत स्थायी समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री शाहका अनुसार नेपाल–भारत सीमा सम्बन्धी विषयमा दुवै पक्षबीच आवश्यक छलफल र समन्वयका प्रयासहरू जारी छन्।

२०८३ जेष्ठ १७, आईतवार १४:११ प्रकाशित
ट्रेन्डिङ समाचार