काठमाडौँ । सरकारले नयाँ आर्थिक ऐनमार्फत रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ। अब राइड सेयरिङका लागि दुई पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारीका रूपमा दर्ता गरी कालो नम्बर प्लेट लिनुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार दर्ता भएका दुई पाङ्ग्रे सवारीले वार्षिक ३ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ। साथै, राइड सेयरिङबाट हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लाग्ने व्यवस्था पनि गरिएको छ। हालसम्म रातो नम्बर प्लेटका सवारीबाट सञ्चालन हुँदै आएको राइड सेयरिङ सेवा अब कानुनी रूपमा कालो नम्बर प्लेटमा दर्ता हुनुपर्ने भएको छ।