पश्चिमी प्रणालीको प्रभाव: देशभर बदली, वर्षा र चट्याङको सम्भावना
काठमाडौँ । हाल सक्रिय पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका थोरै स्थानमा हल्का वर्षा भएको छ। साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। रातिको समयमा पनि देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा जारी रहने अनुमान गरिएको छ।